काठमाडौ। महादेवा तालमा मोटरबोटको व्यवस्था गरिएको छ। सुदूरपश्चिम प्रदेशको प्रसिद्ध धार्मिक पर्यटकीयस्थल बेहडा बाबासँगै रहेको महादेवा तालमा मोटरबोटको व्यवस्था गरिएको हो।
नेपाल सीप तथा बोट बिल्डिङ कम्पनीको नेपाल बोट एण्ड एम्युज्मेन्ट प्रालिले सो तालमा मोटरबोट सेवा दिन सुरु गरेको छ।
तीन वर्षका लागि लिजमा ताल दिएको कम्पनीले तीन करोडको लगानीमा होटल तथा रेस्टुराँ सेवासमेत दिने गरी बोटिङ सेवा सञ्चालन गरिरहेको छ । कर नलिने सर्तमा ताल सफा गर्ने र संरक्षण गर्ने गरी लिजमा लिएको कम्पनीले बतााएको छ। तत्काल ६ वटा बोटबाट सेवा दिइने, तीनवटा बोट आइसकेको र तीनवटा केही दिनमा बताइएको छ।
मोटरबोट सेवा (सोमबार) सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाश देउवाले उद्घाटन गरेका छन्। तालको बीचमा रहेको महादेवा ताल दर्शन गर्नेलाई मोटरबोटबाट ओहरदोहर गरेको ५० रुपैयाँ शुल्क निर्धारण गरिएको बताए।
कम्पनीले स्थानीय संस्कृति र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ ताललाई सिंगार्ने र सरसफाइ गरी संरक्षण गर्ने कार्य गरिरहेको बताइएको छ। १८ दिनदेखि दैनिक ४०।५० जना मानिस लगाएर ताल सफा गरिएको छ।
शिवगंगा दशहरामा बेहडा बाबाको दर्शन गर्न घुइँचो लाग्ने गरेको छ भने सो अवसरमा तीन दिन मेला चल्छ । मेलामा नेपाल र भारतका दर्शनार्थी आउने गरेका छन् । पछिल्लो समयमा बेहडा बाबाको सौन्दर्यकरण भए पनि दैनिक रूपमा दर्शनार्थी आउने गरेको बेहडा बाबा मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।