काठमाडौं। हावाहुरीले देशभरका प्रसारणलाइनमा क्षति पुगेको छ। आइतबार बेलुका र सोमबार बेलुका आएको हावाहुरीका कारण देशभरको वितरण प्रणालीमा अवरोध उत्पन्न भएको हो ।
आइतबारको हावाहुरीले क्षति भएको प्रसारणलाईको समस्या सोमबार दिनभरमा समाधान भएपनि सोमबार साँझ पुनः आएको हावाहुरीका कारण देशैभरको वितरण प्रणालीमा समस्या आएको प्राधिकरणले जनाएको छ ।
वितरण प्रणालीमा नै हावाहुरीका कारण क्षति पुगेपछि सोमबार राती देशका अधिकांश स्थान बिजुली विहीन बनेका थिए । आइतबार राती राष्ट्रिय प्रसारणलाइनमा क्षति पुग्दा रोकिएको वितरण प्रणाली सोमबार बेलुका पुनः रोकियो । यद्यपि, यतिबेलासम्म देशभरको समस्या समाधानतर्फ उन्मुख भएको प्राधिकरणको भनाई छ ।
हाल क्षेत्रीय र स्थानीय प्रसारणलाइनमा समस्या आउँदा देशभरका अधिकांश स्थानमा लोडसेडिङ भइरहेको छ ।