कास्की। पोखरा महानगरपालिकाले विभिन्न १० विदामा दुई सय ४० जनालाई सीप तथा व्यावसायिक उद्यमशीलता तालिम प्रदान गर्ने भएको छ । महानगरपालिकाले आर्थिक विकास महाशाखा अन्तर्गतको व्यवसाय प्रवद्र्धन केन्द्र (बिपिसी) को आयोजनामा तालिम प्रदान गर्न लागेको हो ।
महानगरपालिकाका प्रमुख धनराज आचार्यले छनोट भएकालाई अभिमुखीकरण गर्दै पोखरा महानगरभित्र स्वरोजगार सृजना गरी उद्यमशीलता विकास गर्ने उद्देश्यले तालिम आयोजना गरेको बताए।
महानगरपालिकाभित्र स्वरोजगार बन्न, तालिमका विभिन्न अवसर सृजना गर्न, तालिमपश्चात् आवश्यक प्राविधिक सहयोग गर्ने, सुरुआतमा बीउ पूँजी दिनेलगायत काममा सहयोग गर्ने उनको भनाइ छ।