काठमाडौं। कर्णाली पर्यटन उद्यमी समाजको अध्यक्षमा मुगुका देविकृष्ण रोकाया सर्वसम्मत चयन भएका छन्। काठमाडौंमा सोमबार भएको तेस्रो साधारण सभामा रोकाया सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएका हुन्।
रोकायको अध्यक्षतामा ९ सदस्य सहितको नयाँ कार्यसमिति चयन भएका छन्। समाजको उपाध्यक्षमा प्रेम बहादुर लामा, सचिवमा खडक रोकाया, सह–सचिवमा मनराज सिमखडा र कोषाध्यक्षमा च्याङजोर लामा चयन भएका छन्।
त्यसैगरी हरिकृष्ण रावल, छेतेन डोल्मा लामा र राकेश शाही सदस्यमा चयन भएका छन्।
त्यसैगरी समाजको सल्लाहकारका रुपमा जंग बहादुर लामा, प्रेम दोर्चे लामा र जितेन्द्र झांक्री रहेका छन्।
नवनिर्वाचित अध्यक्ष रोकायाले पर्यटन क्षेत्रको नीति निर्माणको तहमा कर्णालीको उपस्थितीलाई प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गरेका छन्।
विशेषगरी तीनै तहको सरकार र नेपाल पर्यटन बोर्डसँग समन्वय गरी कर्णालीको पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्न आवश्यक रहेको उनले बताए।