काठमाडौं। काठमाडौं महानगरपालिकाले निर्माण गरिएका भवनको ३५ दिन भित्रमा नक्सा पास गर्न निर्देशन दिएको छ। महानगरले बुधबार सूचना जारी गर्दै महानगर क्षेत्रभित्र मापदण्ड अनुकूल निर्माण गरिएका भवनको ३५ दिन भित्रमा नक्सा पास गर्न आग्रह गरेको हो।
मापदण्ड अनुरूप बनाइएका सार्वजनिक, सरकारी, अर्ध सरकारी, वित्तिय संस्था तथा निजी भवनहरूको नक्सा पास गर्न महानगरले आग्रह गरेको छ।
तोकिएको समयमा नक्सा पेस गरी नक्सा स्वीकृत नियमित नगराएमा त्यस्ता भवनहरूलाई स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र प्रचलित भवन निर्माण सम्बन्धी, मापदण्ड, भवन संहिता, कार्यविधि र यस कार्यालयको नियम बमोजिम कारबाही गरिने महानगरले जारी गरेको सूचनामा उल्लेख छ ।