काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको सूचना तथा संचार प्रविधि विकास समितिमा शक्तिकुमार वेगानी चयन भएका छन। महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको विधान बमोजिम वेगानीलाई उक्त समितिको सभापतिमा चयन गरेका हुन्।
२ पटक महासंघको कार्यकारिणी सदस्यमा निर्वार्चित उनी श्री गणपति ज्वलेर्सका अध्यक्ष र वेगानी ग्रुपका प्रबन्ध निर्देशक रहेका छन् । उनी हाल एक दर्जन भन्दा बढी व्यावसायमा संम्लग्न रहेका छन्।
उनले आफ्नो कार्यकालमा सूचना तथा संचार प्रविधिको उच्चतम प्रयोगमा ल्याउने र यसको अधिकतम विकासका लागि आफ्नो समितिले अहम भूमिका खेल्ने बताएका छन्।
यसअघि महासंघको बैंक फाइनान्स तथा इन्सुरेन्स समितिको उपाध्यक्ष भई उनले सफल कार्यकाल पुरा गरिसकेका छन ।