कञ्चनपुर। महाकाली करिडोर निर्माणका लागि कञ्चनपुरमा रुख कटानको लागि काम अगाडी बढेको छ। कञ्चनपुरमा झण्डै दुई हजार रुख कटानका लागि काम अघि बढेको हो।
सरकारले करिडोर निर्माणका लागि कञ्चनपुरमा एक हजार ९ सय ५५ रुख काट्न अनुमति दिएसँगै रुखमा टाँचा लगाउने कम सुरु भएको छ।
दुई वर्षअघि दिवा सनीदेव जेभीले ब्रह्मदेवदेखि डडेल्धुरासम्म करिब साढे पाँच करोडमा सडक निर्माणको ठेक्का पाएको थियो । तर सडकखण्डमा पर्ने रुख कटानका लागि अनुमति नपाउँदा महाकाली करिडोर निर्माणको काम अघि बढ्न सकेको थिएन ।
केही महिनाअघि मन्त्रिपरिषद्ले रूख कटान गर्न दिने निर्णय गरेसँगै डिभिजन वनले रुखमा टाँचा लागउन सुरु गरेको छ भने सँगै ट्रयाक पनि खोल्ने काम पनि सुरु गरिएको निर्माण कम्पनिले जनाएको छ ।