काठमाडौं। नेपाल विद्युत प्राधिकरणले देशभरका थप ११ स्थानमा विद्युतीय सवारीसाधन चार्जिङ स्टेसन निर्माण गर्दैछ । इलेक्ट्रिक भेहिकल (इभी) प्रयोगकर्ताको संख्या बढ्न थालेसँगै आवश्यकता महसुस गरेर प्राधिकरणले थप ११ स्थानमा चार्जिङ स्टेसन निर्माण गर्न लागेको हो।
हाल ३२ स्थानमा ५० वटा चार्जिङ स्टेसन अन्तिम चरणमा निर्माण गरिरहेको छ। ओखलढुंगाको घुर्मी, सिन्धुलीको मरिन, सिन्धुलीको जिल्ला प्रहरी कार्यालय, कंचनपुरको महेन्द्रनगर बसपार्क, स्याङजाको वालिङ, दोलखाको चरिकोट, रुपन्देहिको सैनामैना रिफ्रेस सेन्टर, नुवाकोटको हावा घर र बसपार्क (२ वटा) चार्जिङ स्टेसन निर्माण गर्न लागिएको छ।
थप निर्माण हुन लागेको मध्ये ६ वटा जिबीटी र ५ वटा सीसीएस टु प्रकृतिका चार्जरहरु राख्न लागिएको छ।
यी चार्जिङ स्टेसनको पनि ठेक्का लागेर कामै सुरु भइसकेको छ।