बुटवल। लुम्बिनी केबलकार निर्माण सम्पन्न भइ हाल प्राविधिक परीक्षण भइरहेको छ। बुटवलदेखि पाल्पाको वसन्तपुर जोड्ने गरी निर्माण भएको केबलकार नियमित सञ्चालनका लागि हाल प्राविधिक परीक्षणको काम भइरहेको हो।
बुटवल र पाल्पाको तिनाउ गाउँपालिका–३ मा पर्ने ऐतिहासिक तथा पुरातात्विक क्षेत्र वसन्तपुर जोड्ने लुम्बिनी केबलकार आगामी जेठ १५ गतेदेखि नियमित सञ्चालन गर्ने लक्ष्यका साथ तयारी भइरहेको कम्पनीले जनाएको छ।
वसन्तपुरमा निर्माण गरिएको कामाख्या देवी मन्दिरमा जेठ १२ गतेदेखि १८ सम्म महायज्ञ सञ्चालन गरिने भएको छ।
केबलकारको आधार स्टेसन बुटवलको वडा नं.३ बमघाटमा र माथिल्लो स्टेसन वसन्तपुरमा रहनेछ। केबलकारको लम्बाई २.६ किलोमिटरको हुनेछ।