काठमाडौं। एमसीसी अन्तर्गतको प्रसारण लाइन निर्माण गर्नका लागि ६ वटा निर्माण कम्पनीबीच प्रतिस्पर्धा हुँदैछ। एमसिए–नेपालले सोमबार प्रसारण लाइन निर्माणका लागि निर्धारित समयसीमाभित्र प्राप्त ६ वटा बोलपत्र विभिन्न निर्माण कम्पनीका प्रतिनिधीको उपस्थितिमा खोलेको हो।
प्रसारण लाइन निर्माणका लागि मेघा इञ्जिनियरिङ एण्ड इन्फ्रास्ट्रक्चर लिमिटेड र पावर मेक प्रोजेक्ट्स लिमिटेडको संयुक्त, कल्पतरु पावर ट्रान्समिसन लिमिटेड, केईसी इण्टरनेशनल लिमिटेड, ट्रान्सरेल लाइटिङ लिमिटेड, टाटा प्रोजेक्ट्स लिमिटेड र लार्सन एण्ड टर्बो लिमिटेडबाट बोलपत्रहरू प्राप्त भएको एमसिए–नेपालले जानकारी दिएको छ ।
एमसिए–नेपालले चाँडै नै बोलपत्रको नतिजा सार्वजनिक गर्ने जानकारी दिएको छ ।