बागलुङ। गलकोट नगरपालिका–११ रिघामा रिघा बौद्ध विहार निर्माण सम्पन्न भएको छ। रिघालाई धार्मिक तथा पर्यटकीयस्थलका रुपमा विकास गर्न १२ वर्षअघि शिलान्यास गरिएको विहारको निर्माण कार्य सम्पन्न भएको हो।
विहारको गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेयले उद्घाटन गरेका छन्।
स्थानीय शेरबहादुर घर्तीले रिघामा बौद्ध धर्मको प्रचारप्रसार तथा प्रवर्द्धन गर्दै रिघालाई धार्मिक तथा पर्यटकीयस्थलका रुपमा विकास गर्नका यसको शिलान्यास गरेका थिए। उक्त स्थनामा बौद्ध गुम्बा, सत्तल तथा प्रवेशद्वार निर्माण गरिएको छ।
विहार निर्माणका लागि गलकोट नगरपालिकाको रु १२ लाख, सांसद विकास कोषबाट रु १० लाख, गण्डकी प्रदेश सरकारबाट रु आठ लाख, वडा कार्यालयबाट तीन लाख प्राप्त भएको थियो । साथै रिघा घर भई देशविदेशमा रहेकाबाट रु ८० लाख सहयोग प्राप्त भएको छ ।
गुम्बालाई ध्यान तथा योगस्थलका रुपमा विकास गरी पर्यटकीय गतिविधि बढाउने उद्देश्य लिइएको गलकोट नगरपालिले जनाएको छ।