काठमाडौं। चितवनका पर्यटन व्यवसायीको टोली चारदिने प्रचारात्मक कार्यक्रम गर्नका लागि भारत पुगेको छ । भारतीय पर्यटकलाई नेपालमा भित्र्याउनका लागि व्यवसायीको टोली चारदिने प्रचारात्मक कार्यक्रम गर्नका लागि भारत पुगेको हो।
पर्यटन बोर्डका वरिष्ठ अधिकृत प्रदीप बस्नेतसमेत सहभागी कार्यक्रमलाई 'क्रस बोर्डर सेल्स मिसन कार्यक्रम २०२३' नामकरण गरिएको छ ।
भारतको पटना, बनारस र गोरखपुरका पर्यटन व्यवसायी, ट्राभल एजेन्सी, पर्यटन क्षेत्रसँग सम्बन्धित व्यक्तिसँग नेपालको पर्यटकीय क्षेत्रको जानकारी दिन नेपाली व्यवसायी भारत पुगेका छन्।
क्षेत्रीय होटल सङ्घ सौराहा, पर्यटन व्यवसायी सहभागी भएको टोलीले नेपालको सीमावर्ती क्षेत्रमा रहेका भारतका सहरमा चितवनको सौराहा र यस आसपासका पर्यटकीय क्षेत्रका बारेमा जानकारी दिने कार्यक्रम रहेको सङ्घले जनाएको छ।
कोभिड–१९ पछि पर्यटक घटेको र पर्यटन क्षेत्रमा गरिएको लगानी जोखिममा परेको भन्दै व्यवसायी चिन्तित छन् । सीमावर्ती क्षेत्रका भारतीयलाई नेपाल आउन छोटो दूरी हुने र अहिलेको समय उपयुक्त भएकाले कार्यक्रम योजना गरिएको होटल सङ्घ सौराहाले जनाएको छ। टोलीले भारतको पटनामा बृहत् छलफल तथा अन्तर्क्रिया गरेको छ । टोलीले नेपाल र चितवनका महत्वपूर्ण पर्यटकीय स्थानको जानकारी दिने छ ।