काठमाडौं। नेपाल विद्युत् प्राधिकरण हेटौँडा वितरण केन्द्रले ६३९ ग्राहकलाई कालोसूचीमा राखेको छ। लामो समयदेखि विद्युत् महशुल नतिर्ने हेटौँडाका ६७ उद्योगसहित ५४२ ग्राहकलाई प्राधिकरणले कालोसूचीमा राखी कारवाही प्रक्रिया अगाडि बढाइएको हो।
वितरण केन्द्रले पटक–पटक विद्युत् महशुल बुझाउनका लागि ताकेता गर्दासमेत अटेर गरेकाले विद्युत् लाइन काटेर ग्राहकको विवरण सार्वजनिक गरेको छ।
केन्द्रले कालोसूचीमा पर्नेको तीन पुस्ते विवरण सार्वजनिक गर्दै आगामी असार मसान्तसम्म वक्यौता भुक्तानी गरे १० प्रतिशत छुट दिने समेत घोषणा गरेको छ ।
कालोसूचीमा पर्नेमा ग्राहथ्यतर्फ ४६४, व्यापारिकतर्फ तीन, औद्यौगिकतर्फ ६७, सिँचाइतर्फ एक, गैरव्यापारिकतर्फ दुई, यातायाततर्फ तीन र खानेपानीतर्फ दुई ग्राहक रहेको केन्द्रले जनाएको छ। कालोसूचीमा परेकाबाट केन्द्रले ९२ लाख ४७ हजार ८८८ रूपैयाँ असुल गर्नुपर्ने छ ।