भक्तपुर। मनोहरा जग्गा एकीकरण आयोजना क्षेत्रभित्र रहेका अतिक्रमित संचना हटाउन सुरु गरिएको छ। सडक अतिक्रमण गरी बनाइएका मनोहरा जग्गा एकीकरण आयोजना क्षेत्रभित्रका घरटहरा, छाप्रो, पर्खाललगायत अतिक्रमित संरचना हटाउन थालिएको हो।
आयोजनाका उपनिर्देशक निर्मलराज बरालले आयोजना क्षेत्रभित्रका सबै क्षेत्रमा माइकिङ गरेर अतिक्रमित घरटहरा, छाप्रो, भर्याङ, पर्खाललगायतका संचना हटाउन सातदिने सूचना जारी गर्ने र सूचनालाई अटेर गरे त्यस्ता संरचना धमाधम आयोजनाले आफैँ डोजर लगाएर भत्काउने जानकारी दिएका छन्
आयोजनाले २०७९ भदौ ५ र फागुन १७ गते सूचना प्रकाशित गरेर संरचना हटाउन आग्रह गरेको थियो । अटेर गरेकाले घरटहरा भत्काउन थालिएको बरालले जानकारी दिए ।
अभियानअन्तर्गत आयोजनाले मध्यपुरथिमि नगरपालिका–१ मनोहरा पुलसँगै आयोजनाको क्षेत्राधिकारभित्र सडकको मापदण्ड मिचेर बनाइएका तीन टहरा मंगलबार भत्काएको छ ।