रौतहट। रौतहटको माधवनारायण नगरपालिकाका मेयर बैजनाथ प्रसाद यादवले पालिकाको भवन निर्माणका लागि जग्गा दान गरेका छन्। मेयर यादवले नगरपालिका भवन निर्माणका लागि १ करोड बराबरको ५ कठ्ठा जग्गा प्रदान गरेका हुन्।
मेयर यादवले आफ्नो नामामा रहेको उक्त जग्गा बुधबार माधवनारायण नगरपालिकाकाको नामामा रजिस्ट्रेसन पारित गरेका छन् ।
गत स्थानीय निर्वाचनमा आफू विजयी भएमा माधवनारायण नगरपालिकाको आफ्नै भवन निर्माण गर्ने मेयर यादवले प्रतिबद्धता जनाएका थिए।