काठमाण्डौं। निर्माण सुरु भएको साढे दुई दशक बित्दा पनि बाग्मती करिडोरको काम सम्पन्न हुन सकेको छैन। अव्यवस्थित बसोबासका कारण बाग्मती करिडोर निर्माणको काम नसकिएको हो।
अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिका अनुसार सहरको मध्यभागमा समस्या नभएका ठाउँमा ट्रयाक खोलिइसकिएको भए पनि तिलगङ्गा, थापाथली, बल्खुलगायतका क्षेत्रमा अव्यवस्थित बस्तीले गर्दा ट्रयाक खुल्न बाँकी रहेको हो।
बानेश्वर क्याम्पस क्षेत्रमा एकातिर मात्रै ट्रयाक खुलेको छ भने अर्कातर्फ खुल्न सकेको छैन । तिलगङ्गाबाट अगाडि देब्रे सडक मात्रै खुलेको छ । तीनकुने पुलबाट दायाँतर्फ सिनामङ्गल पुल नजिकै दुई किलोमिटर सडक खुल्न सकेको छैन ।
राष्ट्रिय भूमि आयोगले समस्याको समाधान गरेपछि मात्रै करिडोर निर्माण अघि बढ्नसक्ने बताइएको छ।
काठमाण्डौका मुख्य सडकमा रहेको सवारी चाप कम गर्नेसँगै बाग्मती र त्यसको सहायक नदीको संरक्षण गर्ने उद्देश्यले सडक निर्माण र नदी संरक्षणको काम सुरु गरिएको थियो ।