गोरखा। शहीद लखन गाउँपालिका–२ मनकामनाको ढाँडवारीमा सुन्तलाको प्रतिमा निर्माण गरिएको छ । ६ लाख रुपैयाँको लागतमा उक्त प्रतिमा निर्माण गरिएको हो।
सो सुन्तलाको प्रतिमा निर्माण गोरखा उद्योग वाणिज्य संघ मनकामना बजार इकाइले गरेको हो। सुन्तला खेती प्रवर्द्धनसँगै उक्त क्षेत्रको व्यवसाय उत्थान गर्ने मुख्य उद्देश्य रहेको बताइएको छ।
सुन्तलाको पकेट क्षेत्रको रुपमा सो ठाउँ लाई चिन्न सकिन्छ। ढाँडबारीस्थित बसपार्कको बीच भागमा प्रतिमा निर्माण गरिएको छ । प्रतिमा निर्माण भएसँगै आन्तरिक पर्यटन प्रवद्र्धनमा समेत सघाउ पुग्ने स्थानीयले अपेक्षा गरेका छन् ।
प्रतिमाको गोरखा उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार श्रेष्ठ र शहीद लखन थापा गाउँपालिका–२ का अध्यक्ष सकुन थापा मगरले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।