काठमाडौं। भैरहवाको हवाइ भाडादर सस्तिएको छ। क्वालालाम्पुरदेखि भैरहवा रुटको प्रोमोशनल भाडादर पुनः सस्तिएको हो।
नेपाल एयरलाइन्सले उडान विस्तार गर्न लागेको क्वालालाम्पुर–भैरहवा रुटको भाडादर एक हजार २३९ रुपैयाँले घटेको छ। पहिला १२ हजार ७ सय रुपैयाँ तोकिएको त्यो रुटको भाडा अब ११ हजार ४६१ रुपैयाँमा झारिएको निगमले बताएको छ।
क्वालालाम्पुरदेखि भैरहवा र भैरहवादेखि काठमाडौंको भाडा भने १२ हजार ३४६ रुपैयाँमा झरेको छ । यसअघि यो रुटको भाडा १४ हजार ७२० रुपैयाँ तोकिएको थियो । यस रुटमा यात्रा गर्दा यात्रुले ४५ किलोसम्म बोक्न पाउनेछन् ।