हुम्ला। हुम्लामा दुई दिनदेखि हवाई सेवा अवरुद्ध हुँदैआएको छ। राष्ट्रिय सडक सञ्जाल नजोडिएको हिमाली जिल्ला हुम्लामा मङ्गलबार मौसममा बदली भई वर्षा भइरहेका कारण हवाई सेवा अवरुद्ध भएको हो।
नागरिक उड्डयन प्राधिकरण सिमकोटका अनुसार लगातार वर्षा भइरहेका कारण हवाई सेवा दुई दिनदेखि बन्द भएकाे हो। नेपालगञ्ज विमानस्थलमा सिमकोटका लागि उडान भर्न तयारीमा रहेका निजी हवाईजहाजहरू पनि उडान भर्न पाएका छैनन्।
पानी पर्ने र बादल लागिरहने भएका कारण सिमकोटका लागि सुर्खेत र नेपालगञ्जबाट कुनै पनि उडान हुन नसकेको हो । एकातिर उडान नै कम भइरहेका बेला झन् त्यसमाथि खराब मौसमका कारण उडान अवरुद्ध हुँदा हुम्लावासी मर्कामा परेका छन्।