काठमाडौं। नागार्जुन नगरपालिकाले वडा नम्बर १ को सम्पूर्ण बस्तीमा रहेका अव्यवस्थित तार हटाएको छ। नगरपालिकाले बस्तीबाट कुल १५ ट्रक काम नलाग्ने कबुल र टेलिफोनका तारहरू व्यवस्थापन गरेको हो।
दुई महिनाभन्दा बढी समय लगाएर बस्तीको मुख्य र सहायक सडकहरूमा देखिने तारका गुजुल्टोको व्यवस्थापन कार्य सम्पन्न गरेको नगरपालिकाले जनाएको छ।
गत चैत्र ८ गतेबाट सुरु गरेर जेठ ६ गते सम्पन्न गरेको व्यवस्थापन कार्यमा नगरपालिकाको एक रुपैयाँ पनि खर्च नभएको बताइएको छ।
स्थानीय बासिन्दाले निस्वार्थ रूपले प्रदान गरेको खाजा पानी र आफ्नै निजी खाजा खर्चको पैसाले यस कार्यमा जुट्ने कर्मचारीहरूले निरन्तर काम गर्न गरेको १ नम्बर वडाका अध्यक्ष रामेश्वर लामाले बताए।
यहाँबाट कुल २५ किलोमिटर बस्तीका बाटोमा रहेका अव्यवस्थित तार र जोखिम युक्त २७ वटा पोलहरू काटेर व्यवस्थापन गरिएको छ। बस्तीबाट कुल १५ ट्रक काम नलाग्ने कबुल र टेलिफोनका तारहरू व्यवस्थापन गरिएको छ।