काठमाडौं। काठमाडौं महानगरपालिकाले माइतीघरस्थित नक्सा पास नगरी बनाइएका संरचना भत्काएको छ। महानगरपालिका–११ स्थित माइतीघर मण्डल नजिकै रहेका संरचनाको नक्सा पास नभएकाले महानगर प्रहरीले भत्काएको हो।
महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले वडा–१९ ले उक्त संरचना हटाइदिनु पर्यो भनी सहयोग मागेकाले नियम अनुसार पनि संरचना भत्काएको जानकारी दिए।
घरबेटीले नै नक्सा पास नभएको हुँदा हटाउन खोजेको तर बहालमा बस्नेले नमानेपछि वडालाई पत्र काटेर हटाइदिन सहयोग मागेका थिए। वडाको आग्रहमा सोही अनुरूप काममात्र गरेको महानगर प्रहरीले जनाएको छ।