बुटवल। लुम्बिनी केबुलकार सञ्चालनको अन्तिम तयारीमा पुगेको छ। बुटवलदेखि पाल्पाको बसन्तपुर जोड्ने गरी निर्माण भइरहेको लुम्बिनी केबुलकारले सञ्चालनको अन्तिम तयारीमा गरिरहेको हो।
बुटवल उपमहानगरपालिका–३ बमघाटमा आधार स्टेसन रहेको लुम्बिनी केबुलकारको टप स्टेसन पाल्पाको तिनाउ गाउँपालिका–३ मा पर्ने ऐतिहासिक तथा पुरातात्विक क्षेत्र बसन्तपुरमा रहेको छ।
केबुलकार यही जेठ १५ गतेदेखि व्यावसायिक रूपमा सञ्चालन गर्ने तयारी भइरहेको छ।
तीन किलोमिटर दूरीको केबुलकारको बेस स्टेसन, टावर, टप बटम स्टेसनलगायत सबै निर्माणका कामहरू पूरा भई अहिले प्राविधिक परीक्षण सुरू गरिएको छ।
टप स्टेसन बसन्तपुरमा क्यासिनोसहितको एक सय ५० कोठाको पाँचतारे होटल, रेष्टुरेण्ट, मन्दिरलगायत संरचना निर्माण गरी आकर्षक पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले लुम्बिनी केबुलकार प्रालिले यो परियोजनामा ५ अर्ब रुपैयाँ लगानी गरिरहेको छ।