एजेन्सी। दक्षिण कोरियामा उडिरहेको एउटा जहाजको ढोका खुलेको छ। शुक्रबार जेजु आइल्यान्डबाट उडेको एसियाना एयरलाइन्सको जहाज थेगुमा अवतरण हुन लाग्दा आपतकालीन ढोकानेर बसेका यात्रुले ढोका खोलेका हाे।
कोरियाली सञ्चारमाध्यमहरूका अनुसार एयरबस ३२१ जहाजमा चालक दलका सदस्यसहित २०० जना सवार थिए।
ढोका खुल्दा जहाज जमिनबाट २१३ मिटरमाथि उडिरहेको थियो। दुई–तीन मिनेटमै जहाज ल्यान्ड हुने तयारी थियो। अचानक ढोका खुलेपछि जहाजभित्र खैलाबैला भएको थियो। तीव्र गतिमा भित्र पसेको हावाले केही यात्रु सामान्य घाइते भएका छन्। तीमध्ये ९ जनालाई जहाज ल्यान्ड भएपछि अस्पताल लगिएको छ।
प्रहरीले ढोका खोल्ने यात्रुलाई पक्राउ गरेको छ।