मोरङ। उर्लाबारी नगरपालिकामा घरको नक्सा पास अब अनलाइनबाटै हुने भएको छ। आगामी आर्थिक वर्षदेखि नगरपालिकामा दर्ता भएका इन्जिनियरिङ कन्सल्टेन्सीमार्फत अनलाइनबाटै घरको नक्सा पासको निवेदन दिन सकिने भएको हो।
नगरपालिकाले आगामी असारबाट परिक्षणको रुपमा र साउनदेखी पूर्ण रुपमा अनलाईबाटै घरनक्सा पास गर्ने तयारी थालेको छ । अनलाईन घरनक्सा प्रणाली सुरवात गर्न नगरपालिकाले कर्मचारी र दर्ता भएका कन्सल्टेन्सीका प्रतिनिधिलाई तालिम समेत दिईसकेको छ ।
नगरपालिकाबाट प्रवाह हुने सेवालाई प्रभावकारी, पारदर्शी र जवाफदेखी बनाउने अवधारणा अनुसार अनलाईनबाट घरनक्सा पास हुने व्यवस्था मिलाउन लागेको नगरपालिकाले जनाएको छ।