काठमाण्डौं तराइ मधेश फास्ट ट्रयाक सडक आयोजनाको निर्माणका लागी जिम्मा पाएको नेपाल आर्मीले चेनेज ५७+४०० देखि ६५+१६० सम्मको डबल लेन द्रुत गतिमार्ग सडक निर्माण प्रक्रिया अगाडी बढाइएको छ ।
उक्त चेनेजमा पर्ने सडक पुल तथा अन्य संरचना निर्माणको लागी नेपाल आर्मीले ठेक्का आब्ह्वान गरेको हो । विगतमा निर्माणकार्य ढिलो गरेको भन्दै नेपाली सेनालाई आरोप लगाउदै आइरहेको भएतापनि पुनः नयाँ तालीका सहितको निर्माण कार्य अगाडी बढाउन लागीएको कुरा नेपाली सेनाले जानकारी दीएको छ ।
काठमाण्डौं तराइमधेश जोड्ने उक्त दु्रतमार्ग निर्माणको क्रममा स्थानीय बासिन्दाको अवरोध , प्राविधिक डिजाइन परिबर्तन लगाएत अन्य समस्याका कारणले गर्दा निर्माण कार्य सक्ने समय सर्दै आएको भएतापनि उक्त दु्रतमार्ग निर्माण पश्चात तराइमधेश काठ्माण्डौ जोड्ने सडकको दुरी छोटो हुनेछ ।