काठमाडौं। सरकारले शहरी विकास मन्त्रालयको बजेट बढाएर झण्डै दोब्बर पुर्याएको छ । अर्थमन्त्री डा.प्रकाशशरण महतले शहरी विकास मन्त्रालयका लागि ६६ अर्ब १७ करोड रुपैयाँ बजेट विनियोजन गरेका छन् ।
चालु आवमा यस मन्त्रालयका लागि ३७ अर्ब ७३ करोड रुपैयाँ मात्रै बजेट विनियोजन गरेको थियो । यस मन्त्रालयलाई आगामी आर्थिक वर्षको लागि करीब ३० अर्ब रुपैयाँ बढी बजेट विनियोजन गरेको हो ।
सघन सहरी विकास कार्यक्रम अन्तर्गत निर्माणाधीन सहरी पूर्वाधार आयोजना सम्पन्न गर्न ८ अर्ब ४ करोड विनियोजन गरिएको छ। मुख्य पर्यटकीय सहरहरु पोखरा, लुम्बिनी, जनकपुर करिडोरमा रहेका नगरपालिकाहरुमा एकिकृत सहरी पूर्वाधार निर्माण गर्न एक अर्ब १३ करोड विनियोजन गरिएको छ। त्यसैगरी साझेदारीमा निर्माण भइरहेका स्थानीय तहहरुको प्रशासनिक भवन निर्माणका लागि ५८ करोड रकम विनियोजन गरिएको छ।