काठमाडौं। बुद्ध एयरको एटिआर ४२ जहाजको नमूना बनाएर आकाशमा उडाउने किशोरलाई बुद्ध एयरले सम्मान गरेको छ।
बुद्ध एयरले चितवनका १८ वर्षीय अभय परियारलाई प्रोत्साहन गर्न नगदसहित सम्मान गरेको हो।
बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले परियारलाई नगद पुरस्कार र प्रशंसापत्र प्रदान गरेका छन्। कम्पनीले उनलाई एक लाख नगद पुरस्कार प्रदान गरेको कम्पनीले जनाएको छ।