भक्तपुर। २०७२ सालको भूकम्पले क्षतिग्रस्त भक्तपुरको दरबार क्षेत्रको पुन:निर्माण गरिने भएको छ। आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमा भक्तपुरको दरबार क्षेत्रको पुन:निर्माणलाई निरन्तरता दिने उल्लेख गरिएको हो।
भूकम्पका कारण क्षति भएको भक्तपुर दरबार क्षेत्रको पुनर्निर्माणलाई निरन्तरता दिने बजेटमा उल्लेख भएसँगै विश्व सम्पदा सूचीमा सूचीकृत दरबार क्षेत्रको पुनस्निर्माण सुरु हुने भएको छ ।
त्यसैगरी भक्तपुरको दूधपाटीस्थित सहिद धर्मभक्त राष्ट्रिय मानव अङ्ग प्रत्यारोपण केन्द्रको क्षमता विकास गरिने भएको छ। भवन अभावले समस्यामा परेको यस अस्पतालको क्षमता विकासको कार्यले अस्पतालको सेवा विस्तार र बिरामीको सेवा सहजीकरणमा टेवा पुग्ने अस्पतालले अपेक्षा लिएको छ । भक्तपुर क्यान्सर अस्पतालको आवश्यक पूर्वाधार विकास तथा उपकरणका लागि बजेट विनियोजन गरेको छ