काठमाडौँ। सन् २०२३ को पाँच महिनामा चार लाख चार हजार २५७ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । जनवरीदेखि मे महिनासम्म उक्त सङ्ख्यामा विदेशी पर्यटक भित्रिएका हुन् ।
नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्क अनुसार यस वर्षको जनवरीमा ५५ हजार ७४, फेबु्रअरीमा ७३ हजार २५५, मार्चमा ९९ हजार ४२६ र अप्रिलमा ९८ हजार ७७३, मेमा ७७ हजार ७३० पर्यटक नेपाल भित्रिएका छन्।
तथ्याङ्क अनुसार मे महिनामा पनि सबैभन्दा बढी भारतबाट ३६ हजार ५७५ पर्यटक भित्रिएका छन् । भारतपछि अमेरिकाबाट आठ हजार ५४५, चीनबाट चार हजार ६६७, बेलायतबाट दुई हजार ९२७, अस्ट्रेलियाबाट दुई हजार १८४ जना पर्यटक आएका छन् । बङ्गलादेशबाट दुई हजार १६४, मलेसियाबाट एक हजार ३२१, जर्मनीबाट एक हजार १६५, फ्रान्सबाट एक हजार ९७ र दक्षिण कोरियाबाट एक हजार ३९ जना पर्यटक भित्रिएका हुन् ।