काठमाडौं। भारतको आडिसामा रेल दुर्घटना हुँदा कम्तीमा २ सय ३७ जनाको मृत्यु भएको छ । शुक्रबार राति ओडिसामा भएको दुर्घटनामा दुई सय ३७ जनाको मृत्यु भएको हो।
दुर्घटनामा अन्य नौ सय जनाभन्दा बढी घाइते भएको स्थानीय प्रशासनले जनाएको छ । घाइतेको उद्धारका लागि दुई सयभन्दा बढी एम्बुलेन्स परिचालन गरिएको थियो।
यो घटना भारतमा भएका प्रमुख रेल दुर्घटनामध्येको एक भएको समाचारमा जनाइएको छ । स्थानीय अधिकारीहरूले मृतकको सङ्ख्या अझ बढ्न सक्ने बताएका छन् ।