काठमाडौं। भारतको ओडिसामा रेल दुर्घटना हुँदा मृत्यु हुनेको संख्या २ सय ८० जना पुगेको छ। ओडिसाको बालासोरनजिक शुक्रबार भएको दुर्घटनामा मृत्यु हुनेको संख्या २ सय ८० पुगेको हो।
दुर्घटनामा नौ सय जनाभन्दा बढी घाइते भएका छन् भने मृतकको संख्या अझ बढ्ने देखिएको छ।
घाइतेको उद्धारका लागि दुई सयभन्दा बढी एम्बुलेन्स परिचालन गरिएको थियो। यो घटना भारतमा भएका प्रमुख रेल दुर्घटनामध्येको एक भएको समाचारमा जनाइएको छ ।
घटनाको अनुसन्धान गर्न एक समिति गठन गरिएको छ ।