सुनसरी। धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा खानेपानीको अभावका कारण अस्पताल सेवा समेत प्रभावित हुन थालेको छ। पानी अभाव हुँदा विभिन्न समस्या भएको भन्दै विद्यार्थीले विरोध र्याली निकालेका छन् ।
विगत दुई हप्तादेखि पानीको चरम अभाव भइरहेकोले आवश्यक पानीको व्यवस्थापन हुनुपर्ने माग राख्दै शान्तिपूर्ण र्याली निकालेको विद्यार्थीको भनाइ छ।
विद्यार्थी कल्याण समाजको नेतृत्वमा र्याली निकालिएको हो। अस्पतालले पानी किनेर ल्याइरहेपनि किनेको पानी पर्याप्त नभएपछि समस्या समाधान हुन सकेको छैन।
अस्पतालमा पानीको अभावले उपचार सेवामा प्रभाव परेको डाक्टरहरु समेत बताउँछन्। डायलसिस सेवामा, ओपिडिमा, ओटिमा प्रभाव परिरहेको र विरामी हेरेर, अप्रेसनपछि राम्रो हात धुन समेत नपाएको डक्टरहरुको समेत गुनासो छ।