काठमाडौं। माथिल्लो सान्जेन जलविद्युत आयोजनाको ‘ड्राइ टेष्ट’ अर्थात आयोजनामा जडान भएका उपकरणको परीक्षण भइरहेको छ। रसुवामा निर्माण भएको १४.८ मेगावाटको माथिल्लो सान्जेन जलविद्युत आयोजनाबाट विद्युत उत्पादन सुरु गर्नुअघि आयोजनामा जडान भएका उपकरणको परीक्षण भइरहेको हो ।
इलेक्ट्रोमेकानिकल वर्क्सको ठेकेदारले विद्युतगृहमा जडान भएका उपकरणहरूको प्राविधिक जाँच गरिरहेको आयोजनाले जनाएको छ।
आयोजनाको ड्राइ टेष्ट सकिएपछि संरचनामा पानी भरेर वेट टेष्ट परीक्षण सुरु गरिने छ। आयोजनाको विद्युत २२० केभी चिलिमे हब सबस्टेसनमा जोडिनु पर्ने गरी प्रसारण सम्झौता भएको छ । तर, अहिलेसम्म २२० केभी चिलिमे–त्रिशूली प्रसारण लाइनको निर्माण सम्पन्न भइनसकेकाले आयोजनाको विद्युत पहिले तय भएकै सबस्टेसनमा जोड्न समय लाग्ने देखिएको छ । आयोजनाले चिलिमे हब सम्म निर्माण गर्नुपर्ने ५.९ किलोमिटर लामो प्रसारण लाइनको काम भने सम्पन्न भइसकेको छ ।