पोखरा। इम्ब्रोइडरी एण्ड गार्मेट एसोसिएसन (एगा) पोखराको टोली हिमाल पारीको जिल्ला मुस्ताबसम्म व्यवसाय एवम् पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ सोमबार त्यसतर्फ प्रस्थान गरेको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको प्रवद्र्धनमा एगाका सदस्यएवम् पर्यटन सम्बद्ध संस्थाका प्रतिनिधि र सञ्चारकर्मी सहितको ४५ सदस्यीय टोली प्रवद्र्धनात्मक भ्रमणका लागि त्यसतर्फ लागेको हो ।
एगाका अध्यक्ष इन्द्रप्रसाद भण्डारीको नेतृत्वको टोलीमा पोखरा महानगरपालिका पर्यटन विकास समितिका उपाध्यक्ष रवीन्द्रराज पौडेल, पर्यटन तथा सामाजिक अभियान्ता कृष्ण केसी लगायतको सहभागिता छ । टोलीले पर्वत, म्याग्दी, मुस्ताब र बागलुबका विभिन्न धार्मिक एवम्प र्यटकीय स्थलहरुको अध्ययन, अवलोकनका साथै व्यवसायी र जनप्रतिनिधिहरूसँग अन्तरक्रिया गर्ने बताइएको छ। विशेषतः इम्ब्रोइडरी र गार्मेन्ट्ससँग सम्बन्धित उद्योग र उत्पादनमूलक सामाग्रीको अध्ययन अवलोकन गर्ने भ्रमणको उद्देश्य रहेको छ। भ्रमण टोली हिमाल पारीको जिल्ला मुस्ताबस्थित नेपाल र चीनबीचको कोरला नाकासम्म पुग्ने बताइएको छ। भ्रमणका क्रममा स्थानीयस्तरमा उत्पादित अल्लो लगायतका सामाग्रीका बारेमा जानकारी लिनुका साथै बजारीकरणका सम्बन्धमा छलफल गरिने छ।
भ्रमण टोलीलाई नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रवन्धक नवीन पोखरेल, एगाका पूर्व अध्यक्षद्वय चीरञ्जीवि पोखरेल र कृष्णकुमार श्रेष्ठ लगायतले बिदाई गरेका थिए।