मोरङ। जिल्लाको लेटाङ नगरपालिकाका नगरप्रमुख भुपेन्द्र कुमार लावतीले निर्माणाधीन सडकको अनुगमन गरेका छन्।
प्रमुख तावतीसहितको टोलीकोले सडकको पालिका क्षेत्रमा पर्ने मदन भण्डारी राजमार्ग अन्तर्गतको निर्माणाधीन सडकको अनुगमन गरेको हो ।
अनुगमनमा उप प्रमुख कृष्णकुमारी निरौला, मदन भण्डारी आयोजनाका ईन्जिनियर, निर्माण व्यवसायी सहितको सहभागिता रहेको थियो। अनुगमनको क्रममा प्रमुख लावतीले सडक खण्डमा देखिएका समस्याहरूलाई तत्काल समाधान गरी निर्माण कार्यलाई सहज ढङ्गमा अघि बढाउन निर्माण कम्पनी तथा ईन्जिनियरहरूलाई निर्देशन दिएका छन् ।