बैतडी। सुदूरपश्चिमका पहाडी जिल्ला भारतसँग जोड्न महाकाली नदीमा मोटरेबल पुल निर्माण गरिने भएको छ। बैतडीको झुलाघाट र डडेल्धुराको परीगाउँमा मोटरेबल पुल निर्माण गर्न लागिएको हो।
पुल निर्माणका लागि भारतले ठेक्का प्रक्रिया अघि बढाएको छ। पुल निर्माणको प्रक्रिया थालनी भएसँगै सर्वसाधारण हर्षित बनेका छन्। यहाँका स्थानीयले हालसम्म तुइन तथा डुगांको जोखिमपूर्ण यात्रा गरेर आवतजावत गर्दै आएका छन्।
महाकाली नदीमा पुल बनाउन भारत सरकारले गरेको ठेक्का आह्वानले अब व्यापारिक प्रयोजनका साथै अन्य रोजगार र धार्मिक यात्राका लागि सहज हुने स्थानीय बताउँछन्।