काठमाडौं। मकवानपुरको थाहा नगरपालिकामा निर्माण गर्न लागिएको मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) रिपोर्ट तयार भएको छ। वन तथा वातावरण मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै विश्वविद्यालय निर्माणको ईआईए रिपोर्ट तयार भएको जनाएको हो।
३७६ मिलियन डलर अर्थात् ४९ अर्ब २५ करोड ६० लाख अनुमानित लागत रहेको विश्वविद्यालयको बिल्डअप क्षेत्र २ लाख २३ हजार वर्गमिटरको २०० कोठाको निर्माण हुने प्रतिवेदनमा उल्लेख छ। साथै ४ हजार जना विद्यार्थी अध्ययन गर्न सक्ने क्षमताको हुनेछ।
यसका पूर्वाधारहरुमा एकेडेमिक भवन, कम्यूनल भवन, छात्रावास, ६०७ कर्मचारीको लागि आवास, ४० कोठाको गेष्ट हाउस, २५ शैयाको अस्पताल, विद्यालय, पहुँच सडक लगायत रहने उल्लेख छ।