काठमाडौं। डुम्रे बेंसीसहर चामे सडक योजनाले सडक र पुलको काम अलपत्र पार्ने निर्माण कम्पनीसँग ठेक्का तोड्ने भएको छ। योजनाले आज (शुक्रबार) सूचना प्रकाशित गर्दै सडक र पुलको काम अलपत्र पार्ने दुई वटा निर्माण कम्पनीसँग ठेक्का तोड्ने लागिएको जनाएको हो।
सम्बद्ध कम्पनीलाई योजनाले ठेक्का नतोड्नुपर्ने कारण भए सचना प्रकाशित भएको मितिबाट ७ दिन भित्रमा स्पष्टीकरण पेस गर्न अनुरोध गरेको छ।
खान्चे खोला पुलको काम अलपत्र छोड्ने नाना दीक्षित जेभी, अन्य ३ वटा सडक खण्ड निर्माण गरिरहेको पीआर नाना जेभी छन्। पीआर नाना जेभीले अहिले कामै नगरी समय मात्र खेर फालिरहेको योजनाले जनाएको छ।
उक्त निर्माण कम्पनीहरुलाई निर्माण कार्य अगाडी बढाउन पटकपटक ताकेता गर्दा समेत काम गर्न चासो नदेखाएपछि ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाउन बाध्य भएको योजनाले जनाएको छ।
