काठमाडौं। घारखोला जलविद्युत आयोजनाको परीक्षण कार्य सुरु भएको छ। गत बुधबार पेनस्टक र सुरुङ मार्गमा पानी पठाएर परीक्षण सुरु गरिएको हो।
२ अर्ब ८० करोड रुपैयाँ लागतमा निर्माण गरिएको १४ मेगावाटको घारखोला जलविद्युतबाट चालु आर्थिक वर्षभित्रै परीक्षण सकेर व्यवसायिक उत्पादन थाल्ने लक्ष्य लिइएको छ।
आयोजना म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्माण गरिएको छ। २०७४ सालबाट निर्माण थालिएको यो आयोजनाको सिभिलतर्फको काम साउथ एसियन इन्फ्रास्ट्रक्चर प्रालिले गरेको छ। आयोजनामा करिब ३५०० मिटर सुरुङमार्ग निर्माण गरिएको छ।