हुम्ला । जिल्लामा दैनिक सात वटा हवाइ उडान सञ्चालन भएको छ । एयरलायन्सहरूले उडान सख्या बढाएसँगै हवाई यात्रा सहज भएको छ ।
एयरलायन्सहरूले उडान सख्या बढाएपछि हवाई टिकट पाउन सहज भएका हो ।यसअघि १० दिनसम्म कुर्दा पनि यात्रुहरूले टिकट पाउन मुस्किल थियो । हाल दैनिक सातवटासम्म उडान हुन थालेपछि यात्रुहरूलाई सहज भएको हो ।
तीन दिनयता तीन सयभन्दा बढी यात्रु गन्तव्यतर्फ गएका छन् । हाल तारा, समिट, सीता एयर र नेपाल एयरलायन्सले उडान सख्यामा वृद्धि गरेका कारण समस्या कम भएको हो । उडान थपिएसँगै नेपालगञ्जबाट सिमकोट आउने यात्रुहरूलाई पनि सहज भएको छ ।