हेटौँडा। हेटौँडा हुँदै काठमाडौँ जोड्ने कान्ति लोक पथ र कुलेखानी–सिस्नेरी–दक्षिणकाली–फर्पिङ सडक अवरुद्ध भएको छ। उक्त सडक पहिरोले अवरुद्ध भएको हो।
बुधवार गएको वर्षापछि आएको पहिरोका कारण रातिबाट सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
यस्तै हेटौँडाबाट काठमाडौँ जाने छोटो दुरीको मार्ग कुलेखानी–सिस्नेरी–दक्षिणकाली–फर्पिङ सडक खण्डको मकवानपुरको इन्द्र सरोवर गाउँपालिका-३ स्थित सिस्नेरीमा बिहीबार बिहान आएको पहिरोले सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
दुवै सडकमा आएको पहिरो पन्छाएर सडक सुचारु गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ। राजमार्ग अवरुद्ध भएपछि आवतजावत गर्ने सवारीका साधन गन्तव्यसम्म पुग्न नसकेर यात्रुहरु बिच बाटोमै अलपत्र परेका छन्।