काठमाडौं। सघन सहरी तथा भवन निर्माण आयोजनाले दुई वटा निर्माण कम्पनीलाई १५ दिनभित्र काम सक्न निर्देशन दिएको छ। कार्यालयले आज (बिहीबार) सूचना जारी गर्दै दुई वटा निर्माण कम्पनीलाई निर्देशन दिएको हो।
आयोजनाले दुवै निर्माण कम्पनीलाई निर्माण कार्य समयमा सम्पन्न गर्न पटक–पटक म्याद थप्दा पनि समयमा काम नगरेपछि निर्देशन दिएको सूचनामा उल्लेख गरिएको छ। यो सूचना प्रकाशित भएको मितिबाट १५ दिन भित्रमा काम सम्पन्न गर्न नसक्ने भए त्यसको कारण सहित अपडेट वर्क सेड्युल समेत पेश गर्न निर्देशन दिइएको छ।
आयोजनाले केपी कन्स्ट्रक्सन निर्माण र लगलगे। जेपी जेभी निर्माण कम्पनीलाई निर्देशन दिएको छ। यो सूचनालाइ व्यवास्ता गरी चासो नदेखाएमा ठेक्का तोड्ने प्रक्रिया अगाडी बढाईने आयोजनाले बताएको छ। निर्माण कम्पनीसँग जमानत कार्य ढिला गरेको क्षतिपूर्ति र धरौटी बापतको रकम असुल गर्ने चेतावनी समेत आयोजनाले दिएको छ।

