स्याङ्जा। स्याङ्जा जिल्लाको अर्जुनचौपारीको दरौं खोलामा ‘ट्रस ब्रिज’ निर्माण सम्पन्न भएको छ। अर्जुनचौपारी गाउँपालिकाको भएर बग्ने दरौँ खोलामा ५० लाख लागतमा ‘ट्रस ब्रिज’ निर्माण गरिएको हो।
मुख्य बजारको बीच भागमा तीन दशकअघि निर्माण गरिएको झोलुङ्गे पुल जीर्ण बनेपछि ट्रस ब्रिज निर्माण गरिएको हो । पुल बनेसँगै स्थानीयलाई सहज भएको छ भने दैनिक विद्यालय आउजाउ गर्न समेत यहाँका बालबालिकालाई सजिलो भएको स्थानीय बताउँछन्।
३२ मिटर लामो पुल सङ्घीय सरकारको रु २९ लाख, गाउँपालिकाको रु २० लाख र स्थानीयवासीको रु एक लाखको लागतमा निर्माण सम्पन्न भएको हो।