काठमाण्डौं। महानगरपालिका र इनाखा युवा क्लवको संयुक्त लगानिमा २१ वडा नं. मा निर्माण भएको इनाखा गणेश मन्दिरको उद्घाटन नगरपालिकाक प्रमुखले गर्नुभएको छ। लगनटोल र टेकुको विचमा रहेकोले सडक आवागमनलाई मध्येनजर गरि उक्त मन्दिरको क्षेत्रफल घटाई निर्माण गरिएको छ।
वसाहा वाहन भएकोले उक्त गणेशलाई अनौठो मानिन्छ। मुलुककै अच्चममा पार्ने गणेश नृत्य मुद्रामा रहेको गणेशलाई मानिन्छ। उक्त मन्दिर ३०० वर्ष अगाडी निर्माण भएको थियो। ९० सालको विनाशकारी भुकम्पले ध्वस्त पारेको मन्दिरको पुनःनिर्माण विगतमा हुन सकेको थिएन। हाल यस मन्दिरको पुनःनिर्माण गरि उद्घाटन पनि गरिएको छ।