पाँचथर। सदरमुकाम फिदिमका सडकहरु कालोपत्रे गरिएको छ। सदरमुकामका मुख्य र सहायक सडकहरु कालोपत्र गरिएको हो।
मेची राजमार्गमा पर्ने बजार क्षेत्रको १ हजार ७ सय मिटरसहित भित्री बजारको १ हजार ६ सय मिटर गरी सडक कालोपत्र गरिएको बताइएको छ। सडक डिभिजन कार्यालय इलामले बोलपत्र आह्वान गरेको थियो बोलपत्र आव्ह्वान पछि दुईवटा निर्माण कम्पनीसँग सम्झौता गरेर सडक निर्माण गरिएको हो।
सदरमुकामको बजार क्षेत्रको ३ हजार ३ सय मिटर सडक कालोपत्र गरिएको छ।
मेची राजमार्गमा पर्ने समर्पित अस्पतालदेखि चारखम्बेसम्म सडक चौडा पार्ने कामसँगै कालोपत्र गरिएको थियो ।
यस्तै सहायक सडकहरुमा पुरानो अलकत्रा उप्किएकाले थप्ने काम गरिएको सडक डिभिजन कार्यालय इलामले जनाएको छ।