काठमाडौं। भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ।
इन्डियन आयल कर्पोरेसन (आइओसी) ले पठाएको पेट्रोलियम पदार्थको नयाँ मूल्य सूचीमा पेट्रोल र डिजेलको मूल्य थोरै मात्रामा बढेर आएको हो।
नयाँ मूल्यसूचीमा पेट्रोल लिटरमा ८६ पैसा र डिजल लिटरमा ३४ पैसा बढेर आएको छ। नयाँ मूल्य सूचीअनुसार नेपाल आयल निगमलाई आगामी १५ दिनमा १ अर्ब ७५ करोड रुपैयाँ नाफा हुनेछ। यसले निगमलाई मासिक ३ अर्ब ५० करोड नाफा हुने देखिएको छ।
यही मूल्य यथावत रहे पेट्रोल लिटरमा १२ रुपैयाँ र डिजेल लिटरमा १५ रुपैयाँ नाफा रहने निगमले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा तेल उत्पादक कम्पनीहरुले उत्पादन कटौती गर्ने निर्णय गरेसँगै कच्चा तेलको मूल्यमा वृद्धि भएको छ।