एजेन्सी। सुडानको राजधानी खार्तुममा भएको हवाई आक्रमणमा कम्तीमा १७ जनाको मृत्यु भएको छ।
सुडानका एक उच्च सैन्य अधिकारीले विद्रोही समूह र्यापिड सपोर्ट फोर्स आरएसएफलाई आन्दोलन रोक्न चेतावनी दिएको भोलिपल्ट हवाई आक्रमण भएको हो ।
राजधानीको यार्मोक जिल्लामा सेनाले गरेको हवाई आक्रमणमा मारिनेमा ५ बालबालिका समेत छन् । आक्रमणबाट कम्तीमा २५ घर ध्वस्त भएका छन् ।
गत मध्य–अप्रिलमा शुरु भएको विद्रोहका कारण हालसम्म सुडानमा एक हजारभन्दा बढी सर्वसाधारणले ज्यान गुमाइसकेका छन् । यो बीचमा पटकपटक भएका युद्धविराम दुवै पक्षले उल्लंघन गर्दै आएका छन् ।
युद्धका कारण हालसम्म झण्डै २२ लाख मानिस विस्थापित भइसकेको संयुक्त राष्ट्र संघको तथ्याङ्क छ ।