चितवन। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पर्ने भरतपुर महानगरपालिकाको पुलचोक–गोन्द्राङ छ लेन सडक विस्तारको काम अन्तिम चरणमा पुगेको छ। उक्त सडकको काम ८५ प्रतिशत सकिएको हो।
६.०८ किमी लामो सो सडक खण्ड विस्तारको १५ प्रतिशत मात्रै काम बाँकी रहेको सडक डिभिजन भरतपुरले जनाएको छ।
आगामी मंसिरभित्र निर्माण सम्पन्न हुने गरी सडक विस्तारको काम भईरहेको बताइएको छ। तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त सडकको शिलान्यास गरेका थिए ।
सडक विस्तारको जिम्मा इन्डो सगुन जेभी बुटवलले पाएको हो। एक अर्ब १२ करोड रुपैयाँ लागतमा सडक विस्तार हुन लागेको हो।