काठमाडौं। हवाई सुरक्षा सुदृढीकरणका लागि नेपाल र फ्रान्सबीच सम्झौता भएको छ। सोमबार पेरिसमा नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र फ्रान्सको नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक डामिएनले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
नेपालको उड्डयन सुरक्षा र मानव संशाधन विकासका लागि सम्झौता भएको प्राधिकरणले जनाएको छ। यो सम्झौताले नेपाललाई युरोपेली युनियनको सुरक्षा सुचीबाट हट्नका लागि पनि थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।
यो सम्झौता चार वर्षसम्म कायम रहनेछ। सम्झौतामा कारणवस् कुनै मुलुकलाई सम्झौता खारेज गर्नुपर्ने अवस्था आएमा लिखित निवेदन दिनुपर्ने प्रावधान रहेको छ। निवेदन दिएको ६० दिनमा सम्झौता खारेज गर्न सकिने जनाइएको छ।