काठमाडौं। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो चार्टर उडान हुने भएको छ। असार ६ गते चार्टर उडान हुने भएको हो।
पोखरा अन्तरास्ट्रिय विमानस्थलमा आन्तरिकतर्फका बुद्ध, यती र सौर्यले नियमित उडान गर्दै आए पनि अन्तर्राष्ट्रिय उडान भने अहिलेसम्म हुन सकेको छैन।
सिचुवान एयरलाइन्सले आगामी असार ६ गते पोखरामा चार्टर उडान गर्ने भएको छ।
पोखराको फेवातालमा असार ८ र ९ गते हुने नेपाल चाइना ड्रागन बोट रेस फेस्टिभललाई लक्षित गरेर सिचुवानले असार ६ गते चार्टर उडानको अनुमति मागेको हो ।
मेला आयोजकका अनुसार मेलामा सिचुवान प्रान्तका करिब तीन सय खेलाडी, दर्शक र पर्यटक पोखरा आउने भएका छन्।